पर्सामा निसास्सिएर दुईजनाको मृत्यु

पर्सा, २७ पुस । पर्सामा निसास्सिएर दुईजनाको मृत्यु भएको छ ।
वीरगञ्ज महानगरपालिका–२२ जगरथानपुर त्रिपति ट्रेडिङ एण्ड सप्लायर्स कोइला डिपोमा निसास्सिएर मृत्यु हुने दुबैजना भारतीय नागरिक हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षीय पवित्र गिरी र भारत घर भएका सोही डिपोका म्यानेजर ३० वर्षीय मिथिलेश यादव रहेका छन् ।
त्रिपती ट्रेडिङ एण्ड सप्लायर्स नामको कोइला डिपोको रेखदेख गर्न बसेका उनीहरु डिपोको एकतले पक्की भवनको आल्मुनियमको झ्याल ढोका भएको कोठाभित्र झ्याल ढोका बन्द गरी सुतेको पाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
बुधबार विहान १० बजेसम्म पनि बाहिर ननिस्केपछि प्रहरीले ढोका फोडेर हेर्दा मृत भेटेको हो । कोठामा कोइला वालेर झ्याल ढोका बन्द गरी सुतेको देखिएको र अक्सिजन ग्यासको कमी भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट पाइएको डीएसपी गिरीले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


