जनकपुरधाम, २७ पुस । ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार जनकपुरधामस्थित शहीद गेटमा सरसफाइ गरिएको छ ।

सरसफाइ अभियानी धिरेन्द्र साह एवम् महिला तथा बालबालिकाको पहलमा सरसफाइ गरिएको हो । आफ्नो वरपरका क्षेत्रमा बढेको फोहोरले संरक्षणमा असर गरेपछि स्थानीय संघसस्थाहरु सरसफाइमा जुटेका हुन् ।

जथाभावी फालिएका फोहोरले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको अवस्थालाई दृष्टिगत गर्दै सरसफाइ गरिएको बताइएको छ ।

प्लास्टिकजन्य फोहोरले शहीद गेट क्षेत्र दूषित भएकाले सरसफाइ गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष ज्योति झा, सरसफाइ अभियानी धिरेन्द्र साह, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्री, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत रेखा दत्त, धनुषा जिल्ला अदालतका अधिकृत विष्णु भट्टराई, उच्च अदालत जनकपुरका अधिकृत शुभा महतो, सरसफाइ अभियानी रुबी झा, सञ्चारकर्मीहरु आरती मण्डल, ओमप्रकाश साह, सहकारी संघ सिरहाका जिल्ला अध्यक्ष र काव्या हस्पिटलको चिकित्सक लगायतका टीमको सहभागिता रहेको थियो ।