आज सहिद पत्रकार उमा सिंहको १४औं स्मृति दिवस मनाइँदै

जनकपुरधाम, २७ पुस । सहिद पत्रकार उमा सिंहको हत्या भएको आज १४ वर्ष पूरा भएको छ ।
नेपाल पत्रकार महासंघ धनुषा लगायत विभिन्न छाता संगठनहरूले आज सिंहको १४ औं स्मृति दिवस मनाउँदै छ ।
महासंघ धनुषा शाखाले आज साँझ ५ बजे जनकपुरधामस्थित जनकचोकमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभाको आयोजना गर्न लागेको महासंघका सचिव बटुकनाथ झाले जानकारी दिएका छन् ।
महासंघले प्रत्येक वर्ष पत्रकार सिंहको स्मृति दिवस मनाउँदै आएको छ ।
वि.सं. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित डेरामा पत्रकार सिंहको विभत्स हत्या गरिएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


