चितवन, २६ पुस । प्रहरीले नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–१ बस्ने ४२ वर्षीया गंगा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट १ हजार दरका १३७ थान नक्कली नोट बरामद गरेको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

तामाङलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरेको डीएसपी अधिकारीले जानकारी दिए ।