हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घटाइयो

काठमाडौं, २५ पुस । सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाइएको छ ।
आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको हो ।
संघका अनुसार काठमाडौँदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै ८८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि ७ हजार ५१० रुपैयाँ कायम भएको छ । काठमाडौँदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार १४० कायम भएको छ ।
काठमाडौंबाट हुने पर्वतीय उडान (माउन्टेन्ट फ्लाइट)मा ६८५ रुपैयाँ घटेर अधिकतम १४ हजार २०५ कायम भएको छ । काठमाडौं–सिमरामा १८० रुपैयाँ भाडा घटेको छ ।
त्यस्तै काठमाडौं–भद्रपुरमा ६ सय, काठमाडौं–विराटनगरमा ४८५, काठमाडौं–जनकपुरमा २६०, काठमाडौँ–भरतपुरमा २१५ र काठमाडौं–पोखरामा ३२० रुपैयाँ भाडा घटेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


