भारतमा छात्रवृत्ति मिलाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगी गर्ने सिरहाका एक व्यक्ति पक्राउ

सिरहा, २४ पुस । इन्जिनियरिङ पढाइका लागि भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षीय सन्तोष मण्डल रहेका छन् ।
आफुलाई इन्डो ग्लोबल कन्सल्टेन्सीको सञ्चालक बताउने मण्डलले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न पाइने भन्दै मण्डलले पीडितबाट पटक पटक गरी ८ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


