मिर्चैयाको बालिका मृत्यु घटनाप्रति मधेशी आयोगको ध्यानाकर्षण

काठमाडौं, २४ पुस । सिरहाको मिर्चैया नगरपालिका–६ स्थित सगरमाथा माविको कक्षा–८ मा अध्ययनरत एक बालिकालाई महिनावारीले गर्दा पेट दुख्दा एक शिक्षिकाले औषधिसँग स्प्रिट खुवाउँदा बालिकाको मृत्यु भएको घटनाप्रति मधेशी आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।
आयोगका सदस्य जिवछ साहले घटना सम्बन्धमा सिरहाका प्रमुख जिल्ला अधिकारीसहितका सुरक्षा निकायहका प्रमुखसँग टेलिफोनमार्फत जानकारी लिँदै छिटो सत्यतथ्यको अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन तथा मिर्चैयाको तनावग्रस्त स्थितिलाई शान्त बनाउन निर्देशन दिएका छन् ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले यस्ता संवेदनशील घटनामा दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन आयोगले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
सो घटनाको स्थलगत अनुगमनका लागि आयोगले एक टोली समेत पठाउने अध्यक्ष दत्तले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


