काठमाडौं, २४ पुस । कोरोना संक्रमण बढेपछि नेपाल वायु सेवा निगमले कडाई गरेको छ ।

निगमले विदेशबाट आउने यात्रुहरुलाई पीसीआर नेगेटिभ रिपोर्ट वा बार कोड सहितको कोभिड–१९ इन्टरनेशनल सर्टिफिकेट अनिवार्य साथमा राख्न अनुरोध गरेको छ ।

निगमले सूचना जारी गर्दै उक्त आग्रह गरेको हो । विदेशमा कोरोना संक्रमण बढेपछि सावधानीका उपाय अपनाउन थालिएको छ ।