माधव नेपालसँगको वार्ता सकारात्मक भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

काठमाडौं, २४ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको वार्ता सकारात्मक भएको बताएका छन् ।
यी दुईबीच प्रधानमन्त्रीमा विश्वासको मत लिने सन्दर्भमा वार्ता भएको थियो । प्रचण्डले आजै जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता गरेका थिए ।
दुवैजनासँगको वार्ता सकारात्मक भएको र नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टी दुवैले आफूलाई विश्वासको मत दिने वातावरण बनेको प्रचण्डले बताएका छन् ।
प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


