ढुङ्गा, गिट्टि, रोडा र बालुवा उत्खनन एवं दोहन नगर्न जिप्रका धनुषाको आग्रह

जनकपुरधाम, २४ पुस । जिल्ला प्रशासन कार्यालय धनुषाले ढुङ्गा, गिट्टि, रोडा एवं बालुवा उत्खनन तथा दोहन नगर्न आग्रह गरेको छ ।
आइतबार एक सूचना प्रकाशित गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले यस्तो आग्रह गरेको हो ।
सूचनामा दर्ता नै नगरी तथा नविकरण लगायत सञ्चालन अनुमती नलिई ढुङ्गा, गिट्टि, रोडा तथा वालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगहरुलाई यस्तो कार्य गर्न रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।
ढुङ्गा, गिट्टि, रोडा तथा बालुवा उत्खननको अनुमती प्राप्त उद्योग/निर्माण व्यवसायीले आयोजना समाप्त भए पश्चात पनि त्यस्तो उत्खनन कार्य गरिरहेको भए बन्द गर्नका लागि सूचना प्रकाशित गरिएको उनले बताए ।
स्थानीय प्रशासनको सूचना विपरित ढुङ्गा, गिट्टि, रोडा तथा बालुवा उत्खनन एवं दोहन गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले चेतावनीसमेत दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


