एजेन्सी, २४ पुस । अमेरिकाको कोलोराडोमा एक नेपालीको गोली हानी हत्या गरिएको छ ।

कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको एक बन्दुकधारीले गोली चलाउँदा मृत्यु भएको हो ।

तनहुँको दमौली घर भइ करिब ८ वर्षदेखि कोलोराडोमा बस्दै आएका भेषराजको घटनास्थलमै मृत्यु भएको हो । उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए ।

५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही परबाट पक्राउ गरेको छ ।

सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ ।

सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ ।