मोटरसाइकल चोर्दाचोर्दै एकजना पक्राउ

पर्सा, २३ पुस । पर्सामा मोटरसाइकल चोर्दाचोर्दै एकजना पक्राउ परेका छन् ।
प्रहरीले बाराको कोल्हवी नगरपालिका–७ का २० वर्षीय भुवन चौधरीलाई मोटरसाइकल चोर्दाचोर्दै पक्राउ गरेको हो ।
रौतहटको वृन्दावन नगरपालिका–१ घर भई वीरगञ्ज महानगरपालिका–१२ बस्ने अजय कुमार यादवको प्रदेश २–०३–०१२ प २६३८ नम्बरको मोटरसाइकल सडकमा पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडेर डोर्याएर लैजाँदै गर्दा चौधरी पक्राउ परेका हुन् ।
पक्राउ परेका चौधरीबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


