१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

दाङ, २२ पुस । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लमही नगरपालिका–९ बस्ने २२ वर्षीय अनोवर कुमार यादव रहेका छन् ।
उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट रिहार र वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यादवले ती बालिकालाई सोही नगरपालिका–९ स्थित भडरकुण्डीको जंगलमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


