सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु

जनकपुरधाम, २२ पुस । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–४ मुसहरी टोलका ४५ वर्षीय देवु सदा रहेको प्रहरीले जनाएको छ ।
खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् । मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ ।
तराईका जिल्लामा एक साताअघिदेखि अध्यधिक चिसो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


