जनकपुरधाम, २१ पुस । धनुषा प्रहरीले अवैध गाँजा खेती नष्ट गरेको छ ।

जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर–६ हरिपुरमा विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले अवैध गाँजा खेती नष्ट गरेको हो ।

स्थानीयले आफ्नो घर पछाडी खेतबारीमा लगाएको अन्दाजी २ कठ्ठा क्षेत्रफलमा रहेको ४०० वटा गाँजाको बोटहरू प्रहरीले नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय यज्ञभुमीबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा खटेको प्रहरी टोलीले गाँजाको बोटहरू नष्ट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिएका छन् ।