तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन

काठमाडौं, २० पुस । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले चारवटा प्रदेशका सशस्त्र प्रहरी प्रमुखसमेत रहेका बाहिनीपतिलाई हेडक्वार्टर बोलाएका छन् । उनले सीमामा तस्करी नियन्त्रणबारे छलफल गर्न उनीहरूलाई हेडक्वार्टर बोलाएका हुन् ।
अर्यालले प्रदेश १ का डिआइजी कमल गिरी, मधेस प्रदेशका प्रमुख गणेश ठाडा मगर, लुम्बिनी प्रदेशका प्रमुख विदुर खड्का र सुदुरपश्चिम प्रदेशका निमित्त प्रमुख एसएसपी विश्वकुमार भट्टराईलाई हेटक्वार्टरमा बोलाएका हुन् ।
प्रधानमन्त्री र अर्थमन्त्रीले राजश्व सन्तोषजनक रुपमा उठ्न नसकेको गुनासो गरेपछि आइजिपी अर्यालले प्रदेश प्रहरी प्रमुखलाई नै हेडक्वार्टर झिकाएर छलफल सुरु गरेका हुन् । छलफलमा सीमानामा तस्करी रोक्ने कार्यलाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भएको बताइएको छ ।
महानिरीक्षक अर्यालले राज्यलाई परेको आर्थिक संकट टार्न सीमामा खटिने जनशक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै तस्करी नियन्त्रणलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


