काठमाडौं, २० पुस । निलम्बनमा परेका डिएसपी ठगबहादुर केसीमाथि छानविन सुरु भएको छ । व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा केसी निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय वुटवलमा कार्यरत डिएसपी केसीले व्यापारीको सुन र रकम गायब गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो ।

एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल पुगेर घटनाको अनुसन्धान सुरु गरेको हो ।

उजुरीपछि केसीलाई निलम्बन गरेर प्रहरी प्रधान कार्यालयले खापुङको नेतृत्वमा छानविन समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदनपछि केसीमाथि थप कारबाही अगाडि बढाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।