काठमाडौं, १८ पुस । प्रहरीले एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–७ घर भई चन्द्रागिरी नगरपालिका–७ चेकपोष्ट बस्ने २८ वर्षीय प्रकाश मगर रहेका छन् ।

आइतबार राति चन्द्रागिरी नगरपालिका–११ सतुंगलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दा–फोड्दैको अवस्थामा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।