आइओसीले आयल निगमलाई इन्धनको मूल्य बढाएर पठायो

काठमाडौं, १७ पुस । अन्तर्राष्ट्रिय बजारमा प्रशोधित इन्धनको मूल्य बढेपछि भारतीय आयल कर्पोरेसन लिमिटेड (आइओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाएको छ ।
आइओसीले आइतबार पठाएको नयाँ सूचीअनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेको निगमका आपूर्ति तथा वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले बताए ।
‘आइओसीले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ५४ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा बढेर आएको छ,’ गोइतले भने ।
युक्रेनमा रुसको आक्रमण बढ्दै गएका कारण अन्तर्राष्ट्रिय बजार अस्थिर देखिएको हो । निगमका अनुसार हाल आइओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको गोइतले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


