खैरो हिरोइनसहित दुईजना पक्राउ

कञ्चनपुर, १६ पुस । कञ्चनपुरबाट खैरो हिरोइनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी सहायक निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले खैरो हिरोइनसहित दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लालाझाडी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय मनोज भनिने सूर्य नाथ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ६ बस्ने २५ वर्षीय सुरज राना रहेका छन् ।
मनोजको साथबाट १.०२ ग्राम र सुरजबाट २.७७ ग्राम खैरो हिरोइनसहित दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


