सप्तरीमा आगोले जलेर एक वृद्धको मृत्यु

सप्तरी, १३ पुस । सप्तरीमा मंगलबार राति आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ भने एक युवा घाइते भएका छन् ।
घुरबाट सल्केको आगोले भैँसी गोठमा सुतेका बोदे बर्साइन नगरपालिका–४ सिल्हटका ८० वर्षीय मुक्ति राउत (पाल)को मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।
राउतलाई जोगाउन गएका उनका नाति २५ वर्षीय धर्मदेव आगलागीमा परेर घाइते भएका छन् । प्रहरीका अनुसार गोठमा रहेको एउटा राँगा र एउटा भैँसीसमेत जलेर मरेका छन् । दुई भैँसी आगोमा जलेर घाइते छन् ।
मृतक राउतको शव परीक्षणका लागि राजविराजस्थित अस्पताल ल्याउने तयारी भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


