रेलबाट कुल्चिएर एकजनाको मृत्यु

जनकपुरधाम, १३ पुस । नेपाल रेलबाट कुल्चिएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनुषाको नगराइन नगरपालिका–२ राघोपुरका ३४ वर्षीय पुरन दास रहेका छन् ।
भारतको जयनगरबाट जनकपुरधामका लागि छुटेको रेल विदेह नगरपालिका वडा नम्बर–९ स्थित वैदेही स्टेसनमा चढ्ने क्रममा दासको मृत्यु भएको हो ।
रेल खुलिसकेपछि चढ्ने क्रममा दासको खुट्टा अड्किएपछि सोही रेलले कुल्चिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वैदेही स्टेशनबाट हिंडिसकेको रेलमा जबरजस्ती चढ्ने क्रममा यो घटना भएको रेल्वेका महाप्रबन्धक निरञ्जन झाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


