सर्लाही, १२ पुस । सर्लाहीमा नवजात शिशुलाई अस्पतालमा फालेर एक युवती फरार भएकी छन् ।

सोमबार दिउँसो करिब १ बजेको समयमा भारतको बिहार राज्य जिल्ला सितामढी सोनवर्षा बस्ने २२ वर्षीया युुवती गर्भवती भई प्रादेशिक अस्पताल मलंगवामा उपचारको लागि आएकी थिइन् ।

अस्पतालको ट्वाईलेटमा गई सुत्केरी भई छोरा पाई छाडेर युवती भागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नवजात शिशुलाई ओसीएमसी संस्थाको जिम्मा लगाई अस्पतालमा राखिएको तथा बच्चाको अवस्था सामान्य रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।