सर्लाहीमा सोमबार बिहान एक पुरुषको शव फेला

सर्लाही, ११ पुस । सर्लाहीमा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ ।
जिल्लाको हरिवन नगरपालिका–११ स्थित पहिचान खुल्न नसकेको अन्दाजी ६०/६५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीय रत्न श्रेष्ठको घरको पेटीमा सुतेको अवस्थामा मागेर खाँदै हिँड्ने ती पुरुष मृत फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । चिसोले कठ्यांग्रिएर उनको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


