बारा, ९ पुस । बाराको आदर्शकोतवाल गाउँपालिका–६ हरनैया चोकबाट नक्कली नेपाली नोटसहित तीनजना पक्राउ परेका छन् ।

प्रहरीले नेपाली एक हजार रुपैयाँ दरको नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

३४० थान नक्कली नोटसहित सोही गाउँपालिका–६ पटेर्वा बस्ने २१ वर्षीय रामसिनाही कुर्मीसमेत ३ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोट र २ वटा भारतीय नम्बरको मोटरसाइकलसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।