पूर्वराजा शाहद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ

जनकपुरधाम, ९ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् ।
जानकी मन्दिरमा पूर्वराजालाई स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । मन्दिरका महन्त रामतपेश्वर दास र सहायक महन्त रामरोसन दासले पूर्वराजालाई मायाको चिनो प्रदान गरेका थिए ।
उनी मन्दिर पुगेपछि समर्थकले राजा आऊ, देश बचाउको नारासमेत लगाएका थिए ।

पूजापाठपछि उनी यात्री निवास गएका थिए । शुक्रबार दिउँसो यहाँ पुगेका उनी साँझ गंगा सागरमा दैनिक आयोजना हुने महागंगा आरतीमासमेत सहभागी भएका थिए ।
पूर्वराजासँग पूर्वरानी कोमल शाह र छोरी पनि सँगै छन् ।

जनकपुरधाम किन आएको विषयमा पूर्वराजा शाहले कुनै प्रतिक्रिया दिन मानेनन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


