मोटरसाइकल चोरी गरिरहेको अवस्थामा एक युवक पक्राउ

जनकपुरधाम, ९ पुस । धनुषा प्रहरीले जनकपुरधाममा मोटरसाइकल चोरी गरिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरको बलवा नगरपालिका वडा नम्बर–३ बस्ने २१ वर्षीय निरज साह रहेका छन् ।
हस्पिटल रोडमा प्रदेश २–०२–००३ प ४८१४ नम्बरको पल्सर मोटरसाइकल चोरी गर्दै गर्दा उनी पक्राउ परेको जानकी प्रहरी चोकीले जनाएको छ । प्रहरीका अनुसार सो मोटरसाइकल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–६ बस्ने तुल्सी साहको छ ।
पक्राउ परेका युवकलाई जानकी प्रहरी चोकीले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा बुझाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


