त्रिभुवन विमानस्थलबाट साढे १९ किलो सुनसहित एक सुडानी नागरिक पक्राउ

काठमाडौं, ८ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले साढे १९ किलो सुनसहित एक विदेशीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने व्यक्ति सुडानका नागरिक रहेको विमानस्थल स्रोतले जनाएको छ ।
फ्लाई दुबईको उडानबाट आएका उनको साथबाट साढे १९ किलो तरल सुन (लिक्विड गोल्ड) बरामद भएको विमानस्थलका डीआईजी श्याम ज्ञवालीले बताए ।
विमानस्थलको भन्सारमा नियमित चेकजाँचकै क्रममा सुन फेला परेको उनले बताए ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उनको साथमा सुन फेला परेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


