संसद सचिवालयलाई मधेशी आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं, ८ पुस । मधेशी आयोगले संघीय संसद सचिवालयलाई स्पष्टीकरण सोधेको छ ।
संसद सचिवालयले केही प्रतिनिधिसभा सदस्यहरुलाई कुन आधारमा मधेशी भाषामा सपथ लिन मान्यता दिएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
प्रतिनिधिसभा सदस्य डा. सीके राउतसहित केही प्रतिनिधिसभाका सदस्यहरुले भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचिकृत नरहेको ‘मधेशी भाषा’ मा सपथ लिएको भन्दै मधेशी आयोगमा उजुरी प्राप्त भएपछि आयोगको गम्भीर ध्यानकर्षण भएको तथा सो भाषामा सपथ लिन संसद सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले स्पष्ट रुपमा जानकारी गराउन संघीय संसदको सचिवालयलाई पत्र पठाएकी छन् ।
आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले सपथ ग्रहण समारोहपछि दर्जनौँ संघ–संस्थाहरुले फोन सम्पर्क गरी मधेशी भाषा औपचारिक रुपमा सुचिकृत नरहेको र सो भाषामा सपथ लिनुले अन्य विद्यमान भाषाहरुमाथि नकारात्मक प्रभाव पर्ने हुनाले यसमाथि आवश्यक कारवाही गर्न आग्रह गरेको बताएका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


