पत्रकार सुजित झा मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कारबाट पुरस्कृत

जनकपुरधाम, ६ पुस । सामाजिक उत्थानका लागि सर्मपित विकास पुरुष स्व.मकेश्वर प्रसाद सिंहको १२औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ ।
स्व. सिंहको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा जनकपुरधामका पत्रकार एवं साहित्यकार सुजितकुमार झालाई मकेश्वर बाबु उत्कृष्ट सामाजिक सेवा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

हरेक बर्ष झैं यसवर्ष पनि समाजसेवा, पत्रकारिता क्षेत्र मध्ये दिइने सामाजिक सेवा पुरस्कार यसवर्ष झालाई प्रदान गरिएको छ । पुरस्कारमा सम्मानपत्र, दोसल्ला र ५ हजार १०५ नगद रहेको छ ।
पत्रकारिता र मैथिली साहित्यको माध्यमले यस क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पुरस्कार प्रदान गरिएको मकेश्वर बाबु सामाजिक प्रतिष्ठानका अध्यक्ष रितेशकुमार सिंहले जानकारी दिए ।
कार्यक्रममा समाजसेवी अमरचन्द्र अनिल, प्रकाशचन्द्र साह, श्रीप्रसाद साह, शिव दयाल साह, वैद्यनाथ साह लगायतकाहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


