काठमाडौं, ६ पुस । चार्ल्स शोभराजलाई छाड्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

चार दशकअघि नेपालमा अमेरिकी र क्यानडाली महिलाको हत्या गरेको अभियोगमा झन्डै १८ वर्षदेखि शोभराज केन्द्रीय कारागारको गोलघरमा छन् ।

शोभराजले आफ्ना कानून व्यवसायीमार्फत पटकपटक सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दिइरहेका थिए । त्यसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकले पाउनुपर्ने कैद छुटेको सुविधाको दिन माग गर्ने गरेका थिए ।