पर्सामा विवाह समारोहमा झडप हुँदा एक युवकको मृत्यु

पर्सा, ६ पुस । पर्सामा विवाह समारोहमा झडप हुँदा एक युवकको मृत्यु भएको छ ।
झडपमा परी जिल्लाको जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अवस्थामा घर पुगेका उनलाई प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोलीले अस्पताल लगेको थियो ।
उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे । प्रहरीका अनुसार सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहमाथि कुटपिट भएको थियो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


