रामानन्द युवा क्लवको ३७औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न विधाका तिन श्रष्टा पुरस्कृत

जनकपुरधाम, ५ पुस । जनकपुरधामस्थित रामानन्द युवा क्लवले आफ्नो ३७औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
वार्षिकोत्सवको अन्तिम दिन क्लवले यसवर्ष पनि विभिन्न श्रष्टालाई पुरस्कृत गरेको हो ।
क्लवले श्री विद्यापति स्मृति पदक पुरस्कारबाट यसवर्ष कवि काशीकान्त झा रसिक र श्री सरस्वती राजनारायण कला पुरस्कारबाट गायक तथा क्लवका पूर्वअध्यक्ष नविन कुमार मिश्रलाई पुरस्कृत गरेको छ । पुरस्कारको राशी क्रमशः २५ र १५ हजार रहेको छ ।
साथै गत वर्षको वार्षिकोत्सवमा पूर्वअध्यक्ष दिपेन्द्र ठाकुरले आफ्नो बुवाआमाको नाममा घोषणा गरेको वशिष्ठ चन्द्रकला पुरस्कार यसवर्षदेखि खेलकुदको क्षेत्रमा प्रदान गर्न थालिएको छ । यो पुरस्कार यसवर्ष युवा क्रिकेटर तथा राष्ट्रिय खेलाडी अनिल मण्डललाई प्रदान गरिएको हो । यस पुरस्कारको राशी २१ हजार रहेको छ ।

यस पुरस्कारको घोषणा गर्ने ठाकुर अहिले नेकपा एमालेको तर्फबाट मधेस प्रदेशको प्रदेशसभा सदस्य पदमा निर्वाचित भइसकेका छन् ।
वार्षिकोत्सवको अवसरमा क्लवले आइतवार गरेको रक्तदान कार्यक्रमका ६७ जना रक्तदाताहरुलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो । पुरस्कार, सम्मान र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रदान गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


