जानकी फूलवारी अतिक्रमण प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै बृहत्तरलाई ज्ञापन

जनकपुरधाम, ५ पुस । जानकी फूलवारी अतिक्रमण प्रतिवेदन २०७६ को प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै जनकपुर नागरीक समाजका अगुवा मुरली मनोहर मिश्रले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल साहलाई ज्ञापन पत्र बुझाएका छन् ।
मिश्रले जनकपुरधामको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिएको जानकी मन्दिर जस्ता धरोहर एवं सार्वजनिक महत्वका स्थलहरू, मठ मन्दिर, तलाव तथा खाली जग्गामा नियमित नियन्त्रण वा निषेध गरिएका क्रियाकलापहरु नगर्न÷नगराउन आग्रह गरेका हुन् ।
ज्ञापन पत्रमा परिषद्द्वारा तोकिएको धार्मिक, सार्वजनिक तथा गुठी अधिनस्त रहेका जानकी मन्दिरको पूर्वतर्फको जानकी फुलवारीलाई यस परिषद्को दफा १४ अनुसार संरक्षण गरी दफा १३ बमोजिम परिषद्को पूर्वस्वीकृति बिना अतिक्रमण गरी निर्माण गरिएको भाग अतिक्रमणमुक्त गर्न जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा २०७६ माघ २ गतेको पत्र बमोजिम जानकी फुलवारीको जग्गा नाप जाँचको मुचुलका सहितको प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।

प्रतिवेदन कार्यान्वयन नभए जनकपुर नागरीक समाज शान्तिपूर्वक आन्दोलनसहित विभिन्न दवावमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


