काठमाडौं, ५ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मंगलबार अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष नेपाललाई रुघाखोकी, ज्वरो र छातीमा सामान्य संक्रमण देखिएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज भर्ना गरिएको हो ।

छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासको टोली उनको उपचारमा संलग्न रहेको नेपालको निजी सचिवालयले जनाएको छ ।

चिकित्सकको सुझाबअनुसार अध्यक्ष नेपालको सबै भेटघाट बन्द गरिएको सचिवालयले जनाएको छ ।