जिल्लाबासीको मन जित्न सफल एसपी रजौरे धनुषाबाट बिदा

जनकपुरधाम, ५ पुस । १४ महिना अगाडि धनुषा प्रहरीको कमाण्ड सम्हालेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) बसन्त रजौरे धनुषाबाट बिदा भएका छन् ।
आक्रामक पुलिसिङ्गको माध्यमबाट भ्रष्टाचार र अपराधविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै धनुषाबासीको मन जित्न सफल भएका रजौरे बिदा भएका हुन् ।
प्रहरी प्रधान कार्यालले सोमबार गरेको काज सरुवाको सुचीमा परेका रजौरेलाई बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले बिदाई गर्न लागेको हो । एसपी रजौरेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले रजौरेको ठाउँमा एसपी विश्वराज खड्कालाई खटाएको हो ।

नेपाल प्रहरीको ११२ टोलीका प्रहरी अधिकृत हुन् प्रहरी उपरिक्षक (एसपी) रजौरे । उनी अपराध अनुसन्धान र कमाण्ड कन्ट्रोलमा अब्बल अधिकृतको रुपमा परिचित छन् । यो परिचय उनको नामले होइन, कामका परिणामले समेत प्रस्ट पारिसकेको छ । धनुषाको प्रहरी प्रमुखको १४ महिने कार्यकालमा उनले देखाएका कामको परिणामले यसको पुष्टि गर्छ । यसबाहेक उनले जिम्मेवारी सम्हालेका सबै युनिटमा प्रभावकारी काम गरेको विवरण प्रहरी मुख्यालयमा नै सुरक्षित छ ।

धनुषाका सन्दर्भमा मात्र उनले झण्डै १४ महिनामा ११ करोड ५ लाख बढी रकम राज्यको ढुकुटीमा भराउने काम गरेका छन् ।यसबाहेकका अपराधमा संलग्नमाथिका कारबाही पनि छन् । एसपी रजौरे नेतृत्वको धनुषा प्रहरीले यस अवधिमा बालकलाई कर्तव्य गरि मार्ने, युवकलाई गोली हानी हत्या गर्ने, महिलाको हत्या गर्ने, श्रीमतिको हत्या गर्ने, कुटपिट गरि मानिसको हत्या गर्ने, आफ्नै साथीलाई गोली प्रहार गर्ने, बालबालिकाको अपहरण गर्ने, मानव बेचविखन तथा ओसारपसार गर्ने, प्रतिबन्धित लागूऔषध, विभिन्न संघसंस्थाको नक्कली कागजात तयार गरि स्थानीयलाई ठगी गर्ने, अवैध गरगहना, नक्कली नियुक्ती पत्र वितरण गर्ने, मोटरसाइकल चोरहरु गिरोह, सिटिइभीटिको परीक्षाबाट नक्कली परिक्षार्थी पक्राउ, सरकारी दस्तखत किर्ते गरि ठगी गर्ने, मिटर ब्याजमा पैसा लगाई ठगी गर्नेलगायतका कामहरुमा संलग्न ६२ जनालाई पक्राउ गरेको छ ।

यस अवधिमा १८३ जना फरार प्रतिवादीलाई पक्राउ गरि ३८ लाख ३१ ह्जार जरिवाना असुल गरिएको छ भने भन्सार चोरी पैठारीमा संलग्न ५१ नेपाली र ११ भारतीग गरि ६२ जनालाई पक्राउ गरि ११ करोड ५ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकमा उल्लेख छ ।
यसै अवधिमा हतियारसहित १२ जनालाई पक्राउ गरिएको छ भने चोरीमा संलग्न ३४८ जनालाई समातिइको छ । एसपी रजौरेले धनुषामा आफ्नो कार्यकालको अवधिमा १७८ किलो २०५ ग्राम गाँजा र ४ हजार ५७६ पिस नाइट्राभेट ट्याब्लेट पक्राउ गर्नुका साथै लागूऔषधको मुद्दामा दुई भारतियसहित १०१ जनालाई पक्राउ गरेका छन् ।

एसपी रजौरेले जिल्लामा हजारौं सचेतनामूलक कार्यक्रमहरु पनि संचालन गरेका छन् । उनले आफ्नो पालामा १ हजार ४८७ वटा विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरेको देखिन्छ ।
शान्ति सुरक्षा तर्फ बिभिन्न राजनीतिक दलद्धारा आयोजित बिरोधका कार्यक्रमहरु तथा राजमार्गहरुको निर्वाध सञ्चालन गर्नको लागि १२८ वटा सुरक्षा योजना बनाउनुका साथै राजमार्ग अवरोध गर्ने तथा सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका २० जना कार्यकर्ताहरूलाई पक्राउ गरी शान्ति सुरक्षा कायम गर्नुका साथै बिभिन्न कार्यक्रम सहित २०७८ मंसिर १७ देखी २३ गतेसम्म मनाईएको श्री सीताराम बिवाह पञ्चमी महामहोत्सव–२०७८ मा बिभिन्न संघ संस्था लगायत सम्बन्धि निकायहरुसँग आवश्यक समन्वय गरि संवेदनशिल स्थानहरुमा सिसिटिभीसमेत जडान गरी १ हजार १६५ जना प्रहरी परिचालन गरी शान्त पुर्वक सम्पन्न गरिएको थियो ।

एसपी रजौरेले २०७८ माघ १२ गते जनकपुरधाममा सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउनुका साथै २०७९ बैशाख ३० गते स्थानीय तह निर्वाचन २०७९ मा पनि कम श्रोत साधन तथा न्युन प्रहरी जनशक्तिको वावजुद एकै पटकमा सम्पन्न गराउन सफल भए ।
२०७९ मंसिर ७ देखी १३ गतेसम्म मनाईएको श्री सीताराम बिवाह पञ्चमी महा–महोत्सव–२०७९ मा बिभिन्न संघसंस्था लगायत सम्बन्धि निकायहरुसँग आवश्यक समन्वय गरि संवेदनशिल स्थानहरुमा सिसिटिभी जडान गरी १ हजार ५० जना प्रहरी परिचालन गरी शान्तिपूर्वक वातावरणमा सम्पन्न गराइएको थियो ।
त्यस्तै, २०७९ मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि कम श्रोत साधन तथा न्युन प्रहरी जनशक्तिको वावजुद शान्तिपुर्वक सम्पन्न गराउन सफल भए ।
एसपी रजौरेले भारतिय खुला सिमा नाकाबाट हुन सक्ने सिमावर्ति अपराध नियन्त्रणका लागि भारतीय समकक्षी मधुवनी जिल्लाका प्रहरी प्रमुख लगायतसँग ३ पटक प्रत्यक्ष बैठक गरि प्रभावकारी रुपमा दुईपक्षिय सुरक्षा रणनिती लागु गरि कार्य गर्नुका साथै जनकपुर नगरक्षेत्र र जिल्लाका प्रमुख बजारमा दैनिक २४ घण्टा पिकेट, मोटरसाइकल तथा गाडी मोबाईलबाट गस्ती परिचालन गर्नुका साथै शंकास्पद स्थानहरूको पहिचान गरि सरप्राइज चेकिङ समेत गरी प्रहरीको सक्रियता बढाउँदै आम जनमानसमा प्रहरीप्रतिको विश्वास बढाउन सफल भएक छन् ।

२०७८ कार्तिकदेखि हालसम्म विभिन्न स्थानहरूमा सवारी साधनहरू चेकजाँच गर्ने क्रममा ९८० लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्नुका साथै नदीजन्य पदार्थ उत्खनन् हुन सक्ने स्थानहरुमा विशेष निगरानी राख्न प्रहरी परिचालनको व्यवस्था मिलाई जिल्ला प्रहरी कार्यालय मातहतका इकाइबाट ५१ बटा सवारी साधन नियन्त्रणमा लिई ७ लाख ६१ हजार रुपैयाँ जरिवाना समेत तिराएको देखिन्छ ।
एसपी रजौरेको पालामा जिल्ला प्रहरी कार्यालय धनुषामा घरेलु हिंसाका ९४१ उजुरी परेकोमा ६१७ वटालाई आपसि सहमति गराई घर फिर्ता पठाइएको छ भने २८६ मुद्दामाथि अझै काम जारी रहेको छ । त्यस्तै, सामाजिक हिंसाका ६६० उजुरी परेकोमा ४४८ वटालाई सहमति गराइएको छ । रजौरेको पालामा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरि कूल ४५८ जना हराएकोमा २२६ जनालाई खोजी गरि घरपरिवारको जिम्मा लगाइएको छ ।

आफ्नो १४ महिनाको कार्यकाल अवधिमा धनुषा प्रहरी भित्र पनि व्यापक सुधार ल्याएका एसपी रजौरेले हरेक महिना प्रहरी कर्मचारीसँग मासिक बैठक गरी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने गरेका थिए भने उत्कृष्ट प्रहरी कर्मचारीलाई मासिक रुपमा पुरस्कृतसमेत गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


