जनक मन्दिर परिसरमा ड्युटीवालाको गाडी पार्किङ

जनकपुरधाम, ५ पुस । जनकपुरधामस्थित ऐतिहासिक महत्व बोकेको जनक मन्दिर परिसर प्रहरी प्रशासनकै लागि पार्किङ स्थल बनेको छ ।
यो ऐतिहासिक ठाउँ अहिले अनधिकृत रूपमा प्रहरी प्रशासनकै लागि पार्किङ स्थल बनेको हो ।
जनक मन्दिर परिसरमा ड्युटी गर्ने प्रहरीले नै त्यहाँ दिनहुँ दुईपांग्रे गाडी पार्किङ गरिरहेका छन् । ऐतिहासिक जनक मन्दिरअगाडि नो पार्किङको बोर्ड राखिए पनि त्यहाँ ड्युटी गर्ने प्रहरीले नै आ–आफ्नो मोटरसाइकल दैनिक पार्किङ गरिरहेको देखिन्छ ।

मन्दिरका पूजारी वैद्यनाथ गिरीले जनक मन्दिर जनकपुरधामका पौराणिक मन्दिरहरु मध्ये एक रहेको बताए । उनले यहाँ ड्युटी गर्न आउने प्रहरीले नै मन्दिर परिसरमै गाडी पार्किङ गर्ने गरेको बताए ।
जनकचोकस्थित यस मन्दिरमा मुख्य रुपमा महाराजा जनक, सुनयना, सिता, गोपाल र अन्य देविदेवताहरुको पूजाआजा गरिन्छ ।

यस मन्दिरको स्थापना मणिक सेनाको पालामा भएको हो । यसको निर्माण अमरसिंह थापाले विक्रम सम्वत १८३९ मा गरेका हुन् । विक्रम सम्वत १९९० को महाभुकम्पमा मन्दिर भत्केकोले वि.सं. १९९४ मा राम शम्सेरले अहिलेको शिखर शैलीको मन्दिर बनाउन लगाएका थिए ।
तस्बिरहरु : विकास साह
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


