११ वर्ष कैद सजाय भई फरार रहेका प्रतिवादी पक्राउ

जनकपुरधाम, ३ पुस । धनुषा प्रहरीले ११ वर्ष कैद सजाय र एक लाख जरिवाना भई फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी बस्ने सन्तोष मण्डल रहेका छन् ।
प्रतिवादी मण्डल धनुषा जिल्ला अदालतबाट २०७७ चैत ३ गतेको फैसलाले ११ वर्ष कैद सजाय र एक लाख जरिवाना ठहर भएपश्चात् फरार रहेका थिए ।
पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत पठाइएकोमा कैद भुक्तानका लागि आइतबार कारागार कार्यालय सिन्धुली पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


