आङदेम्बेको नेतृत्वमा कांग्रेसले बनायो निर्वाचन समिति

काठमाडौं, ३ पुस । नेपाली कांग्रेसले संसदीय दलको निर्वाचनको तयारी थालेको छ । त्यसका लागि कांग्रेसले निर्वाचन समिति बनाएको छ ।
केही दिनभित्रै संसदीय दलको निर्वाचन गराउने गरी पार्टीका सहमहामन्त्री भिष्मराज आङदेम्बेको नेतृत्वमा निर्वाचन समिति बनेको हो ।
उक्त समितिमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र प्रकाश स्नेही रसाइली सदस्य छन् । कांग्रेसको कार्यसम्पादन समितिअघि दुवै पक्ष बसेर बनाएको यही समितिले संसदीय दलको चुनाव गराउने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


