किर्ते हस्ताक्षर गरी बैंकबाट पैसा झिकेको आरोपमा महन्थ दास पक्राउ

जनकपुरधाम, ३ पुस । किर्ते हस्ताक्षर गरी बैंकबाट पैसा झिकेको आरोपमा महोत्तरी प्रहरीले मटिहानीस्थित लक्ष्मीनारायण मठका महन्थ जगन्नाथ दासलाई पक्राउ गरेको छ ।
आइतबार बिहान महोत्तरी प्रहरीले मठमै पुगेर महन्थ दासलाई पक्राउ गरेको हो ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरी बैंकबाट ७० लाख रुपैयाँ निकालेको आरोपमा दासलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
पक्राउ परेका महन्थ दासलाई अनुसन्धानका लागि रुपन्देही पठाइएको एसपी पंगेनीले बताए ।
दास विभिन्न घटनामा संलग्न रहेको विवादित महन्थ हुन् । मठको कैयौँ बिघा जग्गा बेचेको आरोप पनि उनीमाथि छ । यो विषयमा पनि उनीमाथि अदालतमा मुद्दा चलिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


