महोत्तरी, २ पुस । महोत्तरी प्रहरीले नक्कली नोटसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहार राज्य सितामढी जिल्ला भदियन ग्राम पञ्चायतका २१ वर्षीय रमणकुमार चौधरी रहेका छन् ।

उनलाई एक हजार दरको ११ वटा नक्कली नेपाली नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए ।

उनलाई जलेश्वर नगरपालिका–३ मलिवारास्थित अब्दुल अन्सारीको पसलमा नेपाली नोट साट्ने क्रममा पक्राउ गरिएको डीएसपी पोखरेलले बताए ।

पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।