जनकपुरधाम, १ पुस । सर्वोच्च अदालतले जनकपुरधाम–८ स्थित कपालमोचनी सरको जग्गा तत्काल लिजमा नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१३ बस्ने ५६ वर्षीय रामनारायण साहले गुठी संस्थानलाई विपक्षी बनाएर दिएको रिट निवेदनमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीश तिल प्रसाद श्रेष्ठको एकल इजलासले साहको निवेदनमा सुनुवाई गर्दै हालका लागि गुठी संस्थानले ३० वर्षका लागि लिजमा दिने गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिइएको छ ।

निवेदकको तर्फबाट अधिवक्ताद्वय अरुण कुमार पञ्जियार र सुवास खड्काले बहस गरेका थिए ।

सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४२ को २ (ख) बमोजिम विपक्षीको नाउँमा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो ।

गुठी संस्थान प्रधान कार्यालयले जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो ।

आदेशको पूर्णपाठ :