जनकपुरधाम, १ पुस । भारतको बिहारमा हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत बोर्डर सील हुने भएको छ ।

बिहारको मधुवनी जिल्लामा नगरपालिकाको चुनाव हुन लागेकोले शुक्रबार राति १२ बजेदेखि ७२ घण्टाका लागि नेपाल–भारत सीमा सील हुन लागेको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाको जनकनन्दिनी गाउँपालिका, विदेह नगरपालिका, नगराईन नगरपालिका र मुखियापट्टि मुसहरनीया गाउँपालिकाको क्षेत्रमा पर्ने बोर्डर सील हुने जनाएको छ । सीमामा धनुषाको धनौजी गाउँपालिका पनि परेको छ ।

शुक्रबार रातिदेखि बन्द हुने बोर्डर आईतबार राति खुल्ने भएको छ ।