भारतबाट घटेर आयो इन्धनको मूल्य, नेपालमा पनि घट्ने

काठमाडौं, १ पुस । भारतबाट पुनः इन्धनको मूल्य घटेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको हो ।
निगमलाई प्राप्त सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेर आएको हो ।
हाल निगमले नेपालमा पेट्रोल १८१ रुपैयाँमा बिक्री गर्दै आएको छ भने डिजेल १७८ रुपैयाँमा र हवाई इन्धन १९० रुपैयाँमा बिक्री गरिरहेको छ ।
यो पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि निगमले इन्धनको मूल्य केही घटाउने तयारी गरिरहेको बताइएको छ ।
नेपालमा मूल्य नघटाउँदासम्म निगमलाई अब पेट्रोलमा प्रतिलिटर करिब २० रुपैयाँ, डिजेलमा करिब १३ रुपैयाँ नाफा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


