सिरहाबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

सिरहा, २९ मंसिर । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटेको प्रहरीको गस्ती टोलीले बिष्णुपुर गाँउपालिका–३ राजपुर बस्ने २२ वर्षीय विन्दे भन्ने सावनकुमार दासलाई शंकाको आधारमा चेकजाँच गर्दा कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरीले दासको साथबाट कटुवा पेस्तोलसहित गोली राउण्ड १ राउण्ड बरामद गरेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभास बुढाथोकीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएकोछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


