सुन मिश्रित कपडासहित दुईजना भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं, २८ मंसिर । सुन मिश्रित कपडासहित दुईजना भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिरज कुन्नपिल्ली मोइदिन र पैसल कोत्तकुदिल अबु रहेका छन् ।
गत आइतबार एयर इन्डियाको उडानमा काठमाडौँबाट भारतको कलकत्ता जान लागेका मोइदिन र सोही दिन एयर इन्डिगोको उडानमा काठमाडौँबाट भारतको मुम्बई जान लागेका अबुले ल्याएको लगेजहरूलाई प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा स्क्रिनिङ गर्ने क्रममा सुन मिश्रित कपडाहरू फेला परेको थियो ।
मोइदिनको ५ थान फूलबुट्टे कपडाहरू गलाएपछि ७४.७५० ग्राम सुन फेला परेको छ भने अबुबाट ७३.८९० ग्राम सुन फेला परेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


