जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा बालेनले दिए निवेदन

काठमाडौं, २८ मंसिर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले जरिवाना मिनाहाको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । स्थानीय तहको निर्वाचन खर्च पेस नगरेका कारण आयोगले उनलाई साढे ७ लाख जरिवाना तोकेको थियो ।
बालेनले आफू निर्वाचित भएलगत्तै समााजिक सञ्जाल फेसबुकमार्फत आफूले खर्च विवरण सार्वजनिक गरेको र निर्वाचित भएलगत्तै फोहोर व्यवस्थापनमा लागेकाले बुझाउन नपाएको भन्दै जरिवाना मिनाहाको माग गर्दै आयोगमा निवेदन दिएका छन् । स्थानीय तहका उम्मेदवारले ६ महिनाभित्र जरिवाना नबुझाए निर्वाचित पदाधिकारी पदमुक्त हुने कानुनी व्यवस्था छ ।
आयोगले प्रमुख शाहको निवेदनमाथि थप कारबाहीका लागि प्रक्रिया अघि बढाएको छ । निर्वाचन कानुनमा भने जरिवाना मिनाहा गर्ने र पुनर्मूल्यांकन गर्ने कानुनी व्यवस्था छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


