काठमाडौं, २७ मंसिर । सरकारले ल्याएको अध्यादेशको विरोधमा नागरिक समाज सडक आन्दोलनमा उत्रिएको छ ।

सरकारले रेशम चौधरीलगायत व्यक्ति हत्याको आरोप लागेका राजनीतिक दलका कार्यकर्ता छुटाउन अध्यादेश ल्याएको विरोधमा नागरिक समाज सडकमा आएको हो ।

मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै नागरिक अगुवाले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को संशोधन अध्यादेश फिर्ता गर्न माग गरेका हुन् ।

अधिकारकर्मीहरुले संसद छलेर कामचलाउन सरकारले अध्यादेश जारी नगर्न राष्ट्रपति विद्या भण्डारीसँग आग्रह गरे ।

माइतीघरमा आयोजित कार्यक्रममा मानव अधिकार आयोगका पूर्वसदस्य प्रा. कपिल श्रेष्ठ, मानव अधिकारकर्मी सुवोध प्याकुरेल लगायतले सम्वोधन गरेका थिए ।