सर्लाही, २६ मंसिर । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले गाँजासहित हरिपुर्वा नगरपालिका–९ बसतपुर बस्ने १९ वर्षीय बिमलेश यादवलाई नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवका अनुसार सोमबार दिउँसो करिब १ बजे जिल्लाको पर्सा गाउँपालिका–६ नेपाल–भारत बोर्डरस्थित प्रहरीको गस्ती टोलीले स ७ प ९९१५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा यादवको साथबाट ७ किलो ५ सय ग्राम गाँजा बरामद भएको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।