सर्लाहीमा जग्गाको विषयमा विवाद हुँदा देवरले भाउजुलाई मारे

सर्लाही, २६ मंसिर । सर्लाहीमा जग्गाको विषयमा विवाद भई कुटपिट गर्दा एक बृद्धाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ भेल्हीकी ७० वर्षीया सागरदेवी राय रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जग्गाको विषयमा विवाद हुँदा ६५ वर्षीय देवर पुकार राय, उनका ४० वर्षीय छोरा जितु भन्ने जितेन्द्र राय र ३० वर्षीया बुहारी अनिता देवी राय मिलेर कुटपिट गरेका थिए ।
उनीहरुको कुटाईबाट सोमबार दिउँसो २ बजे सागरदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।
घटना लगतै प्रहरी पुगेर पुकारलाई नियन्त्रणमा लिएको छ । पुकारका छोरा जितेन्द्र र बुहारी अनिता फरार भएका छन् । उनीहरुको खोजि भइरहेको डीएसपी यादवले बताए ।
सागरदेवीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


